२२ कार्तिक २०८३, आइतबार

राष्ट्रपतिमा कांग्रेसको उम्मेदवार को ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kul-Bahadur-Gurung

काठमाडौं, ९ असोज । आगामी कात्तिक ११ गते हुने राष्ट्रपति निर्वाचनका लागि संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले उम्मेदवार छानेको छ ।

सोमबार सभापति सुशील कोइराला निवास महाराजगञ्जमा बसको कांग्रेस पदाधिकारीको बैठकमा कांग्रेसले पूर्वमहामन्त्री कुलबहादुर गुरुङलाई राष्ट्रपतिको उम्मेदवारमा अघि सार्न प्रस्ताव गरेको हो । यद्यपी औपचारिक निर्णय मंगलबारको बैठकपछि मात्रै हुने बताइएको छ ।

केन्द्रीय पदाधिकारी बैठक चलिरहदा सभापति कोइरालाले आजै गुरुङलाई टेलिफोन सम्पर्क गरी राष्ट्रपतिको उम्मेदवार बन्न आग्रह गरेका थिए । सत्तारुढ दल नेकपा एमालेले उपाध्यक्ष विद्यादेवि भण्डारीलाई उम्मेदवार बनाएपछि कांग्रेसले गुरुङलाई अघि सार्ने तयारी गरेको हो ।

मंगलबार बिहान बस्ने पार्टी पदाधिकारी बैठकले अन्तिम निर्णय गर्न बाँकी रहेपनि कांग्रेसले गुरुङलाई नै अघि सार्ने स्रोतको दाबी छ । पूर्व सभामुख तारानाथ रानाभाटसहित विभिन्न नेताहरुको नाम चर्चामा आएपनि अन्तिममा सभापति कोइरालाले पार्टीका पुराना नेता गुरुङलाई उम्मेदवार छानेका हुन् ।