काठमाडौं, ९ असोज । प्रधानमन्त्री केपी शर्मा ओली र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा पछिल्लो राजनीतिक अवस्था, राष्ट्रपतिको निर्वाचन र मधेस आन्दोलनका विषयमा गम्भीर छलफल भएको थियो ।
राष्ट्रपतिको निर्वाचनमा एमाओवादीले सहयोग गर्ने वा आफ्नै उम्मेदवारी दिने विषयमा पनि छलफल भएको तर, प्रचण्डले आफ्नो पार्टीले राष्ट्रपतिमा उम्मेदवारी नदिने प्रधानमन्त्री ओलीलाई स्पष्ट पारेका थिए ।
एमाओवादीले राष्ट्रपतिमा एमाले उम्मेदवार विद्या भण्डारीलाई सहयोग गर्ने संकेत दिएपनि औपचारिक निर्णय हुन् बाँकी छ । एमाओवादी र अन्य साना दलको समर्थनमा नेपालले पहिलो महिला राष्ट्रपतिका रुपमा विद्या भण्डारीलाई पाउने छ ।
करिब १ घण्टा भएको भेटवार्तामा राष्ट्रपतिकै निर्वाचन र समर्थनका बारेमा बढी छलफल भएको थियो ।












प्रतिक्रिया