
काठमाडौं, ९ कात्तिक । राष्ट्रपति निर्वाचन र मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न विपक्षी दल नेपाली कांग्रेसको पदाधिकारीको बैठक बस्दैछ ।
अहिले केही समयपछि महाराजगञ्जस्थित सभापति सुशील कोइरालाको निवासमा बस्ने पदाधिकारी बैठकले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका विषयमा छलफल गर्ने स्रोतले जनाएको छ । कांग्रेसले राष्ट्रपतिमा जित सुनिश्चित भएमा सोही अनुसार रणनीति बनाउने तयारी गरेको छ ।
तर अहिलेसम्म आफ्नो जित सुनिश्चित नदेखेको कांग्रेसले प्रतिस्पर्धाका लागि मात्रै उम्मेदवारी दिने तयारी गरेको स्रोतको भनाइ छ ।
कांग्रेसले हालका राष्ट्रपति डा.रामवरण यादव, केबी गुरुङ, पदमनारायण चौधरीको नामलाई चर्चामा राखेको छ । यद्यपि कांग्रेसभित्र मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीको पनि चर्चा हुने गरेको बुझिएको छ ।












प्रतिक्रिया