२२ कार्तिक २०८३, आइतबार

विपक्षी दल कांग्रेसको चियापान आज, दशरथ रङ्गशालामा निमन्त्रणा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, ९ कात्तिक । विजयादशमीका अवसरमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसले आज दिउँसो १ बजेदेखि ४ बजेसम्म दशरथ रङ्गशालामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गर्दैछ ।

मुलुकको राष्ट्रियता कमजोर भएका बेला प्रवासमा रहनुभएका कांग्रेसका नेता बिपी कोइराला र गणेशमान सिंह राष्ट्रिय मेलमिलापको नीति लिएर २०३३ साल पुस १६ गते स्वदेश फर्केपछि मेलमिलाप, सहमति र सहकार्यबाटै प्रजातन्त्रको सुदृढीकरण हुन्छ भन्ने मान्यताका साथ २०३५ सालदेखि कांग्रेसले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गर्दै आएको छ ।

वर्तमान सन्दर्भमा पनि बिपीले प्रतिपादन गर्नुभएको राष्ट्रिय मेलमिलापको नीति अझ सामयिक भएको बताउँदै कांग्रेसका मुख्यसचिव ऋषिकेश तिवारीले लोकतन्त्र र राष्ट्रियतालाई झन् मजबुत तुल्याउन चियापा कार्यक्रम आयोजना गरिएको स्पष्ट गर्नुभयो ।

मेलमिलाप, मैत्री र पारस्परिक स्नेहका साथ एकताबद्ध नेपालमा राष्ट्रिय मेलमिलापको नीति समस्त नेपालीलाई मान्य भएको मुख्यसचिव तिवारीले बताउनुभयो ।

राजनीतिक दल, पेसाकर्मी, बुद्धिजीवी तथा समाजका सबै वर्गलाई पार्टीका तर्फबाट उहाँले चियापान कार्यक्रममा सहभागी हुन आमन्त्रण गर्नुभएको छ ।