२२ कार्तिक २०८३, आइतबार

एमाले राष्ट्रपतिको उम्मेदवार चयन गर्दै, खनाल, भण्डारी र नेम्वाङमध्ये कसले बाजी मार्ला ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, ९ कात्तिक । प्रमुख सत्तारुढ दल नेकपा (एमाले)ले आज राष्ट्रपति निर्वाचनमा आफ्नातर्फबाट उम्मेदवार चयन गर्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा अहिले केही समयपछि बस्ने स्थायी समिति बैठकले राष्ट्रपति उम्मेदवार छनौट गर्ने सचिव योगेश्वर भट्टराईले जानकारी दिनुभयो ।

‘स्थायी समितिको बैठक अहिले केही समयपछि बस्दैछ’, उहाँले भन्नुभयो, ‘पार्टीका वरिष्ठ नेताहरूबाटै राष्ट्रपतिको उम्मेदवार बनाउने बताउनुभयो ।

सचिव भट्टराईले राष्ट्रपति उम्मेदवारका लागि एमालेबाट वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष विद्यादेवी भण्डारी र पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको नाम चर्चामा रहेको बताउनुभयो ।

स्थायी समितिले यी तीन जना नेताहरूबाट उम्मेदवार बनाउन सक्ने उहााले उल्लेख गर्नुभयो ।