काठमाडौं, ९ कात्तिक । कतारमा कार्यरत सबै नेपालीको हातमा एमआरपी समयसीमाभित्र लिाउन नसक्ने भएको छ ।
कतारस्थित नेपाली दूतावासका अनुसार आउँदो नोभेम्बर २४ बाट हस्तलिखित राहदानी प्रयोगमा नआउने भएकाले सबैले एमआरपी बोक्नुपर्ने अवस्था हुन्छ ।
अहिले पनि दैनिकजसो २ सय जना एमआरपी बनाउन आवेदन दिइरहेको कान्तिपुर दैनिकले छापेको छ ।
कतारका लागि कार्यवहाक राजदूत मणिरत्न शर्माले भने उही अवस्था रहिरहेमा सबैलाई समयसीमाभित्र एमआरपी दिलाउन सकिने अवस्था छैन् । कतारमा करिव ४ लाख नेपाली कार्यरत छन् ।















प्रतिक्रिया