२२ कार्तिक २०८३, आइतबार

त्रिबि शिक्षण अस्पतालमा उपचाररत बिरामीले किन आत्महत्या गर्नु पर्‍यो ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, ७ कात्तिक । त्रिबि शिक्षण अस्पताल महाराजगञ्जको दोस्रो तलामाथिबाट हामफालेर बिरामीले ज्यान दिएका छन् ।

काठमाडौं बौद्ध महाँकाल डेरा गरी बस्ने सिन्धुपाल्चोक लिसङखु–७ का ३२ वर्षीय मानबहादुर तामाङले अस्पतालको दोस्रो तलाबाट हामफालेर आज ज्यान दिएका हुन् ।

दोस्रो तलबाट हामफालेर गम्भीर घाइते बनेका तामाङको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

तामाङलाई कुर्नका लागि काठमाडौं महानगरपालिका–६ बौद्ध महाँकालकी चिनिमायाँ गुरुङले ज्याला लिएर शुक्रबार अस्पताल ल्याइएको प्रहरी भनाइ छ ।

तामाङले दोस्रो तलाबाट हामफालेर आत्महत्या गर्नुको कारण खोज्न प्रहरी जुटेको छ । प्रहरीले उपचारमा संलग्न चिकित्सक र अस्पताल प्रशासनका साथै आफन्तहरूलाई सोधपुछको दायरामा राखेको छ ।

तामाङको आत्महत्या प्रकरण झन् गहिरो बन्दै गएको प्रहरीले प्रारम्भीक अनुसन्धानबाट पाएको प्रतिक्रिया दिएको छ ।