
काठमाडौं, ७ कात्तिक । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति निर्वाचनका विषयमा ठोस निर्णय गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।
संसद भवन नयाँबानेश्वरमा एघार बजेपछि बस्ने बैठकमा राष्ट्रपति निर्वाचनका विषयमा छलफल हुने कांग्रेसले जनाएको छ ।
राष्ट्रपतिमा दाबी गर्दै आएको कांग्रेसले एमाले, एमाओवादी र अन्य दलहरूसँग आफूलाई समर्थन गर्न आग्रह गर्दै आएको छ ।
केन्द्रीय कार्यसमितिको बैठक बस्नुअघि राष्ट्रपति निर्वाचन र मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न पदाधिकारी बैठक पनि बोलाएको छ ।
पदाधिकारी बैठक सभापति सुशील कोइरालाको महाराजगञ्जस्ति निवासमा नौँ बजेपछि बस्नेछ ।
कांग्रेसले राष्ट्रपतिका लागि डा.रामवरण यादव, केबी गुरुङलगायतका नामलाई चर्चामा ल्याएको छ । उता, एमालेले भने उपाध्यक्ष विद्या भण्डारीलाई अगाडि सार्दै आएको छ ।












प्रतिक्रिया