
काठमाडौं, ७ कात्तिक । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अगाडि सारेका नागरिकता र संघीय राज्यको सिमाङ्कनका विषयमा सरकारी वार्ता टोलीले एमाले र एमाओवादीसँग छलफल गर्ने भएको छ ।
उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाको संयोजकत्वमा रहेको वार्ता टोलीले मधेसी मोर्चाले राखेका मागका विषयमा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गर्ने तयारी गरेको हो ।
छलफलमा नागरिकता र सिमाङ्कनका विषयमा केन्द्रित हुने सरकारी वार्ता टोलीका सदस्यहरूले बताएका छन् ।
त्यसै गरी सरकारी वार्ता टोलीले प्रमुख विपक्षी दल नेपाली कांग्रेससँग पनि मधेसी मोर्चाका मागका विषयमा छलफल गर्नेछ ।
भारतको सहयोगमा दशगजा क्षेत्रमा धर्ना बसी नेपालमा नाकाबन्दी गर्दै आएको मधेसी मोर्चाले आफ्ना मागलाई पूरा गराउन नाकाबन्दी गर्नु परेको जनाएको छ ।
नाकाबन्दीका कारण मुलुकको जनजीवन अस्तव्यस्त बन्दै आएको छ ।












प्रतिक्रिया