२२ कार्तिक २०८३, आइतबार

दसैँका अवसरमा कांग्रेसले ९ गते चियापान गर्ने, सहभागी हुन आह्वान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Congress-Chiyapanकाठमाडौं, ५ कात्तिक । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले विजया दशमीका अवसरमा चियापान समारोहको कार्यक्रम राखेको छ । प्रत्येक वर्ष झैँ कांग्रेसले कोजाग्रत पूर्णिमाका दिन चियापान समारोहको कार्यक्रम राखेको हो ।

चियापान समारोहमा सहभागी हुन सभापति सुशील कोइरालाले आफ्ना कार्यकर्ता र शुभेच्छुकहरूलाई आह्वान गर्नुभएको छ ।

चियापान समारोह कात्तिक नौ गते दिउँसो १ बजेदेखि ४ बजेसम्म काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ ।

कांग्रेसका संस्थापक विपी कोइरालाले कोजाग्रत पूर्णिमाका दिन शुभकामना आदान प्रदानका लागि आयोजना गर्नुभएको चियापान कार्यक्रमलाई निरन्तरता दिँदै आइएको छ ।