२२ कार्तिक २०८३, आइतबार

उपप्रधानमन्त्री पद दिए म सरकारको मन्त्री बन्छु : महासचिव मैनाली

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

cp-mainaliकाठमाडौं, ५ कात्तिक । नेकपा (माले)का महासचिव चन्द्रप्रकाश मैनाली (सिपी)ले एमाले नेतृत्वको वर्तमान गठबन्धन सरकारले उप्रधानमन्त्रीको पद दिए आफू मन्त्री बन्न तयार रहेको बताउनुभएको छ ।

नेपालवाणी रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग आज बिहान कुरा गर्दै मैनालीले आफ्नो पार्टीलाई एमाले सरकारलाई समर्थन गरेकाले उपप्रधानमन्त्रीसहितका मन्त्री दिनुपर्ने बताउनुभयो ।

‘प्रधानमन्त्री केपी ओलीले उपयुक्त ठानेर उपप्रधानमन्त्री दिए म मन्त्री बन्न तयार छु’, उहाँले भन्नुभयो, ‘मेरो योगदानको पनि सम्मान गरिनुपर्छ । उपप्रधानमन्त्री बनाइए उचित ठान्ने छु ।’

झापा विद्रोहका सहपाठी ओली प्रधानमन्त्री बन्नुभएको छ । सोही विद्रोहमा संलग्न मैनालीले नेकपा (माले) पार्टी गठन गरेर बस्नु भएको छ । ओली र मैनाली झापा विद्रोहका बेलासँगै हुनुहुन्थ्यो ।