२९ आश्विन २०८३, बिहिबार

पोखरामा राजेश हमालको पहिलो हनिमुन यात्रा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rajesh & Girl Frieds

नेपाली सिनेमाका महानायक राजेश हमाल हनिमुन मनाउन श्रीमती मधु भट्टराईका साथ चार दिन देखि पोखरामा छन् ।

फेवाताल किनारस्थित वाटरफ्रण्ट रिसोर्टमा हमाल दम्पत्ती बसेका हुन् । पोखरा निकै सुन्दर सहर भएकोले पहिलो हनिमुन यात्रा पोखराबाटै शुरू गरिएको राजेशले बताएका छन।

यसअघि अष्ट्रेलिया जानु अघि नै हनिमुनका लागि जुनको २४ देखि २७ तारिख पोखरा जाने कार्यक्रम तय गरेको पनि उनले बताएका छन ।

साथै, उनले हनिमनुका लागि बिदेश नभएर नेपालमै मनाउनु पर्ने सुझाव समेत दिएका छन् ।

आफ्नै देशमा सुन्दर गाउँ सहर हुँदाहुँदै बिदेशै जानु नपर्ने भन्दै हमालले सबैलाइ सुझाएका हुन् । संगै रहेकी मधुले पनि यस भनाइलाई समर्थन जनाइन् ।

मधुले पनि पोखराको सुन्दरताले आफू निकै लोभिएको बताएकी छिन्।

यसअघि पहिलोपटक दिदी भिनाजुसँग तीन बर्ष अघि पोखरा आएको मधुले बताएकी छन् ।