२९ आश्विन २०८३, बिहिबार

कार्यवाहक प्रधानमन्त्री भन्छन्– प्रधानमन्त्री नफर्कदै यो–यो निर्णय गर्छु !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bamdev-gautam

काठमाडौ, १३ असार । कार्यबाहक प्रधानमन्त्री बामदेब गौतमले असार महिनाभित्रै मन्त्री परिषदबाट मनोनित हुने २६ संविधानसभा सदस्य र राजदुत नियूक्त टुङग्याउने स्पष्ट पारेका छन ।

रिपोर्टर्स क्लब नेपालले शुक्रवार आयोजना गरेको साक्षात्कारमा उनले २६ जनाको मनोनयन प्रक्रिया अघि बढाउन राजनीतिक दलहरुलाई पत्र काटेर नाम पठाउन आग्रह गर्ने जानकारी दिदै आगामि १५ गते बस्ने बैठकबाट मनोनयनको टुङगो लगाउने बताए ।

साक्षात्कारमा गौतमले भने–’राजनीतिक दलहरुलाई नाम दिन आग्रर्ह गरिरहेको छु, कुराकानी पनि भइरहेको छ । यदि १५ गतेको मन्त्री परिषदको बैठकमा दलहरुवीच सहमती हुन सकेन भने फेरी पनि पत्र काटेर भएपनि दलहरुलाई तागेता गर्ने जानकारी दिँदै उनले भने–अब २६ जनको मनोनयन प्रक्रिया सके १५ गते नै नसके अर्को मन्त्री परिषदको बैठकमा टुँग्याउँछु ।’

उनले असार महिनाभित्र राजनीतिक दलहरुको र सरकारमा रहेका दलहरुको पनि सहमतिको आधारमा सबै रिक्त मुलुकहरुमा राजदुत नियूक्त गरिसक्ने प्रस्ट पार्दै बाहिर चर्चा गरिए जस्तो अवस्था नभई प्रधानमन्त्रीलेनै आफूलाई उहाँको अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीले प्रयोग गर्ने अधिकार र संविधानमै कार्यबाहक प्रधानमन्त्रीको अधिकार स्पष्ट भएकोले क्याविनेट बैठक बोलाउन कुनै समस्या नभएको बताए ।

प्रधानमन्त्री अहिले उपचारको क्रममा अमेरिका हुनुभएकोले उहाँ नेपाल आउन अझै केही हप्ता समय लाग्ने बताउँदै आफूले महत्वपूर्ण निर्णयहरु प्रधानमन्त्रीकै सल्लाहमा गर्न लागेको गौतमले जानकारी दिए ।

गौतमले भने–’मैले आज पनि उहाँको स्वास्थ्य स्थितिवारे नीजी चिकित्सक डा. कविरनाथ योगीसंग फोनवार्ता गरेको थिएँ । उहाँले प्रधानमन्त्रीको उपचार गर्न अझै केही हप्ता समय लाग्ने म संग बताउनुभएको थियो । उनले भने– मन्त्री परिषदको बैठक नियमित बस्न नसके अनर्थ हुने भन्दै अब नियमित क्याविनेटको बैठक समेत बस्ते स्पष्ट पारे । राष्ट्रलाई आवाश्यक पर्ने कुनै पनि निर्णयहरु रोकिँदैन् । प्रधानमन्त्री संग सल्लाह गरेर सवै निर्णयहरु हुन्छ ।’

गौतमले भिडियो कन्फ्रेन्सबाट प्रधानमन्त्रीसँग सल्लाह गर्दै क्याविनेट बस्ने भन्ने विषय असम्भव भएको भन्दै संसारमा कतै पनि भिडियो कन्फ्रेन्सबाट मन्त्री परिषदको बैठक बसेको छैन् । यदि बस्ने हो भने पनि अन्तरिम संविधान नै संशोधन गर्नुपर्छ । अहिले त्यो असम्भव छ ।

मुलुकमा शान्ति, सुरक्षा र सुब्यवस्था कायम गरेर सुन्दर नेपालको परिकल्पनाका साथ अगाडी बढाउन आफूले कुनै कसर बाँकी नराख्ने बताउँदै प्रधानमन्त्री उपचार गरेर फर्कदा अझै समृद्ध र सुन्दर नेपाल हस्तान्तरण गर्ने भन्दै आफूले मन्त्री र सचिवहरुलाई निर्देशन दिएको गौतमले जानकारी दिए ।

उनले असार १५ गते राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने र आगामि असार २६ देखि २७ गतेभित्रमा बजेट ल्याउने अन्तिम तयारी भएको जानकारी दिदै सरकारको नीति र कार्यक्रममा उर्जा पूर्वाधार विकास, पयर्टन र कृषिलाई विशेष बजेट सहित विनियोजन गर्न जोड दिने बताए ।

पार्टीको आगामि नवौं महाधिवेशनको लागि विधान र दस्तावेज सर्वसम्मतीले पारित भएपनि नेतृत्वमा दुई जनाले दावी गरेको बताउँदै माधवकुमार नेपालले धेरै पटक नेतृत्व गरिसकेकोले अब केपी ओलीको पालो आएकोले आफू ओलीको पक्षमा रहेको बताए । गौतमले आफू सरकारमा रहेकोले यो वा त्योले जित्ने भनि दावी गर्न नमिल्ने भन्दै आफूले महाधिवेशनमा सत्ताको दुरुपयोग नगरेको स्पष्ट पारे ।

उनले भने–’म पनि पार्टीको बरिष्ठ नेता हुँ, म भन्दा सिनियर धेरै नेता छैनन् त्यसकारण पनि मलाई सरकारमा बस्दा पनि पार्टी चलाउन आउँछ । मैले अहिलेसम्म सत्ताको दुरुपयोग गरेको छैन् । माधव कुमार नेपालले यस्तो अभिव्यक्ति दिएपनि आफूलाई लक्षित गरेर नभनेको होला भन्ने गौतमले प्रष्ट पारेका छन् ।’

पत्रकारहरुको जिज्ञासामा गौतमले पार्टीका अध्यक्ष झलनाथ खनालले आफू पनि अध्यक्षको दावेदार भनेर दिएको अभिव्यत्तीलाई लिएर महाधिवेशनका लागि चुनिएर आएका सवै प्रतिनिधिहरु अध्यक्षको दावेदार भएको स्पष्टोक्ति पारेका छन् । कार्यक्रममा गौतमले ठट्टा गर्दै आफू पनि अध्यक्ष बन्न सक्ने बताए ।

डिआईजी बढुवाको विषयमा लोकसेवा आयोगले उजुरी गर्न पाउने सामान्य सैद्धान्तिक रुपमा नै स्थापित गरेर समस्या उत्पन्न भएको भन्दै प्रहरी, अदालत र मन्त्रालय चेन अफ कमाण्डमा चल्ने भएकोले यस्तो ब्यवस्थाको कारण समस्या उत्पन्न भएको बताए । उनले प्रहरी नियमावलीमा समस्या नभएकोले संसोधन नहुने समेत स्पष्ट पारे । उनले भने –प्रहरीलाई स्वायत्त बनाउन खोज्दा समस्या आएको हो । प्रहरी स्वायत्त हुन सक्दैन । लोक सेवा आयोगले नयाँ नियमावलीमा उजरी गर्न पाउने प्रावधान राखेकोले समस्या भएको जिकिर गर्दै प्रहरीको सरुवा बढुवा कहिल्यै नटुङिने गौतमले बताए । उनले आफ्नो कारणले डीआइजीहरुको बढुवा नरोकिएको पनि प्रस्ट पारे ।

सहमतिमा बन्न नसके प्रक्रियाबाट भए पनि तोकिएकै समय २०७१ माघ ८ गतेभित्रै संविधान जारी हुने स्पष्ट पार्दै गौतमले नेपालको मौलिक विशेषता यूक्त संघीयता सहितको संविधान बन्ने दावी गरे । उनले विश्वमा धेरै मुलुकमा एकल जातीय संघियताको अनुशरण गर्दा नरसंहार भएको भन्दै बहुपहिचान सहितको संघियता हुनुपर्ने बताए । उनले केन्द्र बलियो हुने गरि बहुपहिचान यूक्त संघीयता हुने भन्दै साझा पहिचान यूक्त नाम नभए मुलुक सुडान, युगोस्लाभिया र चेक रिपलिक जस्तो जातीय भिडन्तमा फस्ने चेतावनी दिए ।

अदालतको अवहेलना सम्बन्धी विद्ययेक संसदमा पेश भईसकेकोले अब संसदको विशेषाधिकार भएकोले बाहिर त्यसको विरोध गर्नुको औचित्य नभएको भन्दै त्यसको विरोध र आन्दोलन गरे संसदको अधिकार कुण्ठित हुने बताए ।