२९ आश्विन २०८३, बिहिबार

प्रधानमन्त्री पत्नी सविना काफ्लेको एपेन्डिसाइटिसको शल्यक्रिया

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहकी पत्नी सविना काफ्लेको एपेन्डिसाइटिसको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ ।

आज बिहान करिब ४ बजे महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उनको शल्यक्रिया गरिएको हो ।

अचानक स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

वरिष्ठ सर्जन डा. प्रशान्त वीर सिंह कंसकारको नेतृत्वमा रहेको चिकित्सक टोलीले उनको शल्यक्रिया गरेको हो ।

चिकित्सकहरूका अनुसार शल्यक्रिया सफल भएको छ र उनको हालको स्वास्थ्य अवस्था स्थिर तथा सामान्य छ ।

शल्यक्रियाका बेला साह अस्पतालमै उपस्थित थिए ।