शिवलाल सुबेदी
गुल्मी, १३ असार । अर्घाखाचीको भगवतीमा दाजुले आफ्नै भाईको हत्या गरेका छन ।
अर्घाखाचीको भगवती गाविस बस्ने ३२ बर्षीय भिमलाले पाण्डेले आफ्नै २२ बर्षिय भाई रामलाल पाण्डेको हत्या गरेका छन ।
बिहान खेतमा काम गर्न जाउँ भन्ने सामान्य घरायसी विवाद हुँदा भिमलालले सल्लाको दाउराले हानेर रामलाललाई गम्भीर घाइते बनाएका थिए । गम्भीर घाइते भएका पाण्डेको जिल्ला अस्पताल तम्घासमा उपचारका लागि ल्याएको केही समयमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । भाईलाई दाउराले हानेर फरार रहेका भीमलाललाई जिल्ला प्रहरी कार्यालय गुल्मीको प्रहरीको बिशेष टोलीले गुल्मी र अर्घाखाची जिल्लाको सिमानामा पर्ने नेटा बजारबाट पक्राउ गरेको छ । पक्राउ परेका भिमलाललाई जिल्ला प्रहरी कार्यालय गुल्मीले हिरासतमा राखेर घटनाका बारेमा थप अनुसन्धान गरिरहेको समेत प्रहरी निरीक्षक निशान्त्त श्रीवास्तवले जानकारी दिएका छन् ।
मृतक पाण्डेको शव जिल्ला अस्पताल तम्घासमा पोष्टमार्टम गरि शुक्रबारै परिवारको जिम्मा लगाइएको छ ।
















प्रतिक्रिया