काठमाडौं, ३ कात्तिक । इन्डियन आयल निगम (आइओसी)ले रक्सौल बाहेक अन्य नाकाबाट मात्रै इन्धन उपलब्ध गराउने आश्वासन दिएको छ ।
आइओसीले यस्तो आश्वासन नेपाल आयल निगमका उच्च अधिकारी सम्मिलित टोलीलाई दिएको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
निगमका कार्यकारी निर्देशक गोपाल खड्का र निमित्त निर्देशक मुकुन्द घिमिरेसँग भेटवार्ता गर्दै नयाँदिल्लीमा आईओसी अधिकारीले यस्तो आश्वासन दिएका हुन् ।
खोजेअनुसारको वार्ता हुन नसकेको खड्काले जानकारी दिएका छन् । उनले भने, ‘उसले रक्सौल बाहेकका नाकाबाट सक्ने जति परिणाममा मात्रै उपलब्ध गराउने आश्वासन दियो।’















प्रतिक्रिया