३१ आश्विन २०८३, शनिबार

अस्पतालमा दुई वर्ष मुनिका शिशुको प्रदर्शनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bhaktapur-1

भक्तपुर, १३ असार । भक्तपुर अस्पतालको ११०  औँ  वार्षिकोत्सवका अवसरमा अस्पतालले शिशु प्रदर्शनी गरेको छ ।

प्रदर्शनीमा भक्तपुरका विभिन्न क्षेत्रबाट अभिभावकले ल्याएका दुई वर्षमुनिका शिशुलाई राखिएको छ । अस्पतालका सुपरिटेन्डेन्ट डा विमल ढकालले दुई वर्षभन्दा मुनिका बालबालिकालाई स्वस्थ्य राख्न, शिशुलाई खुवाउनुपर्ने खानाबारे तिनका आमालाई जानकारी दिन कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।

प्रदर्शनीमा शिशुलाई खुवाइने विभिन्न प्रकारका खानाका परिकारसमेत राखिएको थियो । सो अवसरमा प्रदर्शनीमा ल्याइएका शिशुको तौल नाप्ने, कान्ति बाल अस्पतालबाट आएका बाल बिशेषज्ञबाट स्वास्थ्य परीक्षण गर्ने र औषधि वितरण गर्ने कार्य गरिएको अस्पतालका प्रशासन प्रमुख कृष्णहरि गेलालले जानकारी दिनुभयो ।

प्रदर्शनीमा दिनभरमा १५४ शिशु सहभागी भएका थिए । प्रदर्शनीमा रहेका शिशुको परीक्षणका आधारमा उनीहरुलाई प्रथम, द्वितीय र तृतीय घोषणा गरी यही असार १७ गते अस्पतालमा हुने वार्षिकोत्सव कार्यक्रममा पुरस्कृत गरिने जनाइएको छ । रासस