काठमाडौं, २ कात्तिक । भारतविरुद्धको तेस्रो एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रिका १८ रनले विजयी भएको छ ।
भारतस्थित गुजरातको राजकोटमा भएको खेलमा जितका लागि भारतले २७१ रनको लक्ष्य पाएको थियो । तर, ५० ओभरमा ६ विकेट गुमाएर २५२ रन मात्र बनाउन सक्यो ।
भारतको पारीको सुरुवात रोहित शर्मा र शिखर धवनले गरे । धवन १३ रन बनाएर आउट भए । तर, रोहित शर्माले राम्रो पारी खेले भने विराट कोहलीले उनलाई साथ दिए । रोहितले ७४ बलमा ६५ रन बनाए ।
रोहित आउट भएपछि विराट र कप्तान महेन्द्र सिंह धोनीले भारतीय पारी सम्हाले । तर, मोर्कलले धोनीलाई अर्धशतक बनाउन दिएनन् र ४७ रनमा आउट गरे ।
सुरेश रैना शुन्यमै आउट भए । मोर्केलले तेस्रो विकेट लिँदै कोहलीलाई पनि ७७ रनमै आउट गरे ।
जतिबेला भारतको स्कोर ५ विकेटको क्षतिमा २१६ रन थियो र ४ ओभरको खेल बाँकी थियो । तर, घातक बलिङ गरेका मार्केलले अजिन्क्या रहाणेलाई पनि ४ रनमै आउट गरे ।
यससँगै पाँच म्याचको सिरिजमा दक्षिण अफ्रिकाले २–१ को अग्रता लिएको छ । यसअघिको खेलमा पनि भारत पराजित भइसकेको छ ।















प्रतिक्रिया