६ कार्तिक २०८३, शुक्रबार

भारतबाट एक साथ ५३ ट्यांकर तेल नेपाल भित्रियो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Oilनेपालगन्ज । नेपालगन्जस्थित रुपैडिहा नाकाबाट शनिबार र आइतबार गरि ५३ वटा पेट्रोलियम ट्यांकर भित्रिएका छन्। भारतले पेट्रोलियम पदार्थको आपूर्ती असहज बनाइरहेकाबेला रुपैडिहा नाकाबाट अहिले सम्मकै धेरै परिमाणमा इन्धन भित्रिएको हो। भारतको गोण्डास्थित डिपोबाट डिजल, पेट्रोल तथा हवाई इन्धन ढुवानी गरेर आएका सबै ट्यांकर नेपालगन्ज प्रवेश गरेका हुन्।

ईलाका प्रहरी कार्यालय जमुनाको रेर्कड अनुसार आइतबार दिउँसो ७ वटा ट्यांकरमा पेट्रोल र ५ वटा ट्यांकरमा डिजल भित्रिएको छ। यसअघि शनिबार राती सोही नाकाबाट ३६ वटा डिजल र ५ वटा हवाई इन्धन बोकेका ट्यांकर भित्रिएका थिए। ईप्रका जमुनाहाका इन्चार्ज एवम् प्रहरी नायव निरीक्षक विष्णु गिरीले इन्धन ढुवानी गरेर आएका सबै ट्यांकर रुपैडिहा नाकाबाट सहज रुपमा भित्रेको जानकारी दिए।

उनले भने, ‘नाकाबन्दीयता रुपैडिहा नाकाबाट अहिलेसम्म यति धेरै परिमाणमा पेट्रोलियम पदार्थ भित्रिएको थिएन, सम्भवतः यो पहिलो हो।’ भारतको गोण्डाबाट इन्धन ढुवानी गरेर आएका पेट्रोलियम ट्यांकर सहज रुपले नेपालगन्ज भित्रिरहेको उनले बताए।

रुपैडिहा नाकाबाट भित्रिने पेट्रोलियम पदार्थलाई नेपाल आयल निगमले नेपालगन्जस्थित डिपोमा भण्डारण गरी जिल्लाका पेट्रोलियम डिलरलाई वितरण गर्नुका साथै जिल्ला बाहिर समेत पठाउने गरेको छ।

आयल निगमका मध्यपश्चिम क्षेत्रीय प्रवन्धक श्रीचन्द्र श्रेष्ठले रुपैडिहा नाकाबाट पेट्रोलियम पदार्थ भित्रिएपनि मध्यपश्चिमका विभिन्न जिल्ला र राजधानी सम्म पुर्याउनुपर्ने भएका कारण असहज भइरहेको बताए। शनिबार राती भित्रिएको ६ सय ४० किलोलिटर डिजल मध्ये ५ सय किलो लिटर डिजल राजधानी पठाइएको उनले जानकारी दिए। ‘यो नाकाबाट भित्रिएको इन्धनले काठमाडौं सम्म पुर्याइरहेका छौ,’ श्रेष्ठले भने। नागरिक दैनिकमा समाचार छ ।