भैरहवा । भारतको रक्सौल नाकामा अड्किएका ग्यासका बुलेट रुट बदलेर सुनौली नाकाबाट नेपाल ल्याइने भएको छ ।
भारतीय आयल निगम (आइओसी)ले नेपाल आयल निगमसँग रुट बदलेर सुनौली नाकाबाट भैरहवा हुँदै गन्तव्यमा पुर्याउन सहमति दिएको र त्यसका लागि आवश्यक कागजी प्रक्रिया मिलाउने काम भइरहेको नेपाल आयल निगम क्षेत्रीय कार्यालय स्रोतले जनाएको छ ।
परराष्ट्रमन्त्री कमल थापालगायत वाणिज्य तथा आपूर्ति मन्त्रालय र निगमका उच्चपदस्थ कर्मचारी पनि शनिबारदेखि दिल्लीमा रहेकाले भारतीय अधिकारीसँग नाकाबन्दी खुलाउन र आपूर्ति सहज बनाउने कार्यमा वार्ता जारी रहेको क्षेत्रीय प्रवन्धक दिनेशकुमार यादवले बताए । अन्नपूर्ण पोस्टमा समाचार छ ।




![aGbsf] df/ g]kfnsf] nflu cfoft ul/Psf] vfgf ksfpg] Uof;sf a'n]6 jL/uGhsf] l;dfjtL{ If]qdf ylGsPsf] b[Zo . ;+ljwfg / k|b]z l;dfªsgsf] lj/f]w ub}{ dw]; s]lGb|t bnsf g]tf tyf sfo{stf{n] jL/uGhsf] Ogjf{l:yt bzuHhf If]qdf wgf{ a;]kl5 $*) a'n]6 Uof; @) lbgb]lv ;LdfIf]qdf ylGsPsf] 5 . tl:a/ M ljhos'df/ dxtf]÷k;f{÷/f;;](https://www.dainiknepal.com/wp-content/uploads/2015/09/band-13-650x426.jpg)











प्रतिक्रिया