६ कार्तिक २०८३, शुक्रबार

रेस्टुराँमा नाकाबन्दी मेनु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ कात्तिक । छिमेकी मुलुक भारतले चार सातादेखि लगाएको नाकाबन्दीका कारण इन्धन, ग्यास लगायतका अत्यावश्यक वस्तुहरुको अभाव छ ।
यसको असर पुरै नेपालको होटल तथा रेस्टुराँ व्यवसायमा परेको देखिन्छ । यसैको ज्वलन्त उदाहरण हो, होटल तथा रेस्टुरा व्यवसायीहरुले ल्याएको नयाँ नाकाबन्दी मेनु ।
उनीहरुले पुरानो मेनुलाई संशोधन गरेर नयाँ मेनुका रुपमा नाकाबन्दी मेनु ल्याएका हुन् । अधिकांश होटल तथा रेस्टुराँमा अलिखित रुपमा संशोधित नाकाबन्दी मेनु ल्याएका छन् भने कमैले संशोधित नाकाबन्दी मेनु लिखित रुपमा टेबलमा राखेको देखिन्छ । कान्तिपुर दैनिकमा समाचार छ ।