६ कार्तिक २०८३, शुक्रबार

साना दल समेट्दा मन्त्रिपरिषद् जम्बो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-oli-ministerकाठमाडौं, २ कात्तिक । केपी शर्मा ओली नेतृत्व मन्त्रिपरिषद् जम्बो बन्ने देखिएको छ ।
एक दुई सिट मात्र रहेका साना दललाई समेत समेट्न खोज्दा मन्त्रिपरिषद् जम्बो बन्न लागेको हो । मन्त्रिपरिषद्मा केही साना दल समेटिइसकेका छन् भने अन्यलाई ल्याउने तयारी भइरहेको छ । सरकारको नेतृत्व गरिरहेको दल एमालेले पनि मन्त्रीहरुको अन्तिम नामावली टुंगो लगाइसेकेको छैन् ।
आइतबार ९ मन्त्रीले सपथ लिएपछि मन्त्रिपरिषद १८ सदस्यीय बनिसकेको छ । मन्त्रालयहरुमा राज्मन्त्रीहरु पनि हुन्छन्, अहिलेको छलफल अनुसार कम्तीमा २५ सदस्यीय मन्त्रिपरिषद् बन्ला जस्तो छ । नागरिक दैनिकमा समाचार छ ।