काठमाडौं, २ कात्तिक । दक्षिणी छिमेकी भारतले तीन सातायता गरेको नाकाबन्दीले चरम इन्धन संकट बेहोरिरहेका बेला उत्तरी छिमेकी चीनले नेपालले आपचारिक रुपमा अनुरोध गरे सीमावर्ती तिब्बतको सिगात्सेबाट पेट्रोलिय पदार्थ आपूर्ति गराउन तयार रहेको बताएको छ ।एमालेका वरिष्ठ नेता एवमं पूर्वप्रधानमन्त्री झलनाथ खनालसँगको भेटमा नेपालका लागि चिनियाँ राजदूत उ चुन्ताईले असल छिमेकीका नाताले नेपाललाई जस्तोसुकै संकटको घडीमा पनि सघाउन आफ्नो मुलुक तत्पर रहेको प्रष्ट पारेका हुन् ।
सिगात्सेमा रहेको पेट्राृल भण्डारण केन्द्रबाट वितरण हुने इन्धन नेपालतर्फ सहज रुपमा निर्यातथ गर्न सक्ने राजदूतले बताएको खनाल निकट स्रोतले बतायो । अन्नपूर्ण पोस्टमा समाचार छ ।















प्रतिक्रिया