काठमाडौं । सरकारले भूकम्पपीडितलाई घर बनाउन दिने अनुदान–ऋणको कार्यविधि तयार गरेको छ । सहरी विकास मन्त्रालयले बनाएको ‘भूकम्पबाट पूर्ण रुपमा क्षति भएका आवास पुननिर्माण अनुदान सहायता प्रवाह कार्यविधि २०७२’ मन्त्रिपरिषद्ले पास गरेको हो ।
कार्यविधिअनुसार पीडितले सरकारी सहयोग चार किस्तामा पाउनेछन् । सरकारले यसअघि भूकम्पपीडितलाई २ लाख रुपैयाँ अनुदान दिने घोषणा गरेको थियो । त्यस्तै गाउँमा १५ लाख र सहरी क्षेत्रमा २५ लाख रुपैयाँ र २ प्रतिशत व्याजमा सहुलियतपूर्ण ऋण दिने भनेको थियो । अब सहुलियतपूर्ण ऋण लिनेले २ लाख रुपैयाँ सहायता नपाउने भएका छन् । सहुलियत ऋण वा दुई लाख अनुदानमध्ये एउटा रोज्नुपर्नेछ । आजको कान्तिपुर दैनिकमा खबर छ ।















प्रतिक्रिया