काठमाडौं, १ कात्तिक । आईएमई लिमिटेडले दशैं तिहारलाई लक्षित गरि ल्याएको सेवाग्राहीमुखी प्रवर्द्धनात्मक योजना ‘आईएमई बचत दश लाख’ अन्तर्गत आसोज १ देखि ३० गते सम्मका भाग्यशाली विजेता घोषित गरिसकेको छ ।
कार्तिक ३० सम्म संचालनमा रहने यस योजनामा सेवाग्राहीको उत्साहजनक सहभागिताका रहँदै आएको छ । यसैक्रममा आईएमई बचत दश लाख’ योजनाका साप्ताहिक विजेता कतारबाट राजेन्द्र अधिकारी बनेका छन् ।
यो कार्यक्रममा साप्ताहिक विजेता राजेन्द्र अधिकारीले कतारस्थित आईएमईको साझेदार अल–जजिरा एक्सचेन्ज कम्पनीका महाप्रबन्धक निदाल सलिमबाट ५० हजार रुपैयाँको चेक ग्रहण गरेका छन् । उक्त योजना कार्तिक ३० गतेसम्म कायम हुनेछ ।















प्रतिक्रिया