ललितपुर । आफूलाई निवर्तमान प्रधानमन्त्री सुशील कोइरालाको स्वकीय सचिव बसन्त गौतम त कहिले गृह मन्त्री बामदेब गौतमको भान्जा देव थापा बताउँदै सर्वसाधारणलाई सिंहदरबार भित्र बोलाएर ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ।
सर्वसाधारणलाई जागिर र सरकारी काम मिलाइदिने भन्दै करिब ५० लाख ठगी गरेको अरोपमा बालाजु गोलढुङगाका देव थापा बताउने राजकुमार चापागाइँलाई महानगरीय प्रहरी परिसर ललितपुरले विहिबार पक्राउ गरेको हो।
पक्राउ परेका चापागाइँले सर्वसाधारणलाई आफू नेपाल सरकारको वरिष्ठ अधिकृत भएको बताउँदै अर्थ मन्त्रालय, कर सेवा कार्यालय र प्रधानन्यायाधीश कार्यालयमा आकर्षक जागिर लगाइदिने भन्दै ठग्ने गरेका थिए ।
परिसर प्रमुख एसएसपी पिताम्बर अधिकारीले चापागाइँले सर्वसाधारण ठग्न नेपाल सरकारको मुख्य प्रशासनिक निकाय सिंहदरबारकै उपयोग गरिएको बताए। ‘मन्त्रालयमा र मन्त्री तथा सचिवसँग पहुँच रहेको देखाउन पीडितलाई त्यही बोलाउने गरेको अनुसन्धानमा पाइयो’, उनले भने । नागरिक दैनिकमा समाचार छ ।















प्रतिक्रिया