भक्तपुर, २८ असोज । भक्तपुरको दुवाकोटस्थित सशस्त्र प्रहरी बल गुहेश्वरी गणमा कार्यरत एक सशस्त्र प्रहरी सहायक हबल्दारको आज गोली लागेका अवस्थामा गणमै शव भेटिएको छ ।
आलापोट–२ काठमाडौँ घर भएका ३० वर्षीया सहायक हबल्दार मुकुन्द फुँयालको बायाँ कन्चटमा गोली लागेको अवस्थामा गणकै १४ नम्बर पोष्टमा मृत अवस्थामा फेला परेको हो ।
महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक प्रविणलाल श्रेष्ठले गोली लागेको अवस्थामा फुँयालको शव फेला परेकाले घटनाका बारेमा अनुसन्धान भइरहेको बताउनुभयो ।
उहाँले फुँयालले आफैँले बोकेको एसएलआर बन्दुक आफ्नै बायाँ कन्चटमा हानी आत्महत्या गरेको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको जानकारी दिनुभयो ।
अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार भने फुँयालको गणभित्रै रहस्यमय रुपमा मृत्यु भएकाले हत्या हो या आत्महत्या तत्काल भन्न नसकिने जानकारी दिएको छ । रासस















प्रतिक्रिया