११ कार्तिक २०८३, बुधबार

सुनको भाउ सामान्य घट्यो, चाँदीको बढ्यो

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली बाजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक सयले घटेर दुई लाख ८२ हजार २ सय रुपैयाँ कायम भएको छ ।

यसअघि मंगलबार सुन तोलाको दुई लाख ८२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य भने सामान्य बढेको छ ।

आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर ३ हजार ९८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि मंगलबार चाँदी तोलाको ३ हजार ९७० रुपैयाँमा कारोबार भएको थियो ।