महेन्द्रनगर, २८ असोज । कञ्चनपुरको उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरलाई आर्थिक सहयोग गरेको छ ।
नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरको नव निर्मित भवनका निर्माणका लागि आर्थिक सहयोग गरेको उदयदेव सहकारी संस्थाले जनाएको छ । बिहीबार महेन्द्रनगरमा एक कार्यक्रमकाबीच सहकारीले महासंघलाई ५५ हजार पाँच सय ५५ रुपैयाँको चेक हस्तान्तरण गरेको सहकारीका कोषाध्यक्ष निरन्जन प्रसाद भट्टले बताउनुभयो ।
उदयदेव सहकारीका अध्यक्ष पूर्ण बहादुर चन्दले महासंघका अध्यक्ष लक्ष्मण तिवारीलाई सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो । महासंघका अध्यक्ष लक्ष्मण तिवारीले यसरी महासंघलाई सहकारीले गरेको सहयोगले भवन निर्माणमा सहयोग पुग्ने बताउनुभयो ।
सहकारीका अध्यक्ष पूर्ण बहादुर चन्दले सहकारीको समाजिक सहयोग गर्ने उद्देश्य र दायित्व कार्यक्रम अनुसार यस पटक पत्रकार महासंघलाई आर्थिक सहयोग गरेको बताउनुभयो ।















प्रतिक्रिया