काठमाडौं, २८ असोज । भारतीय आयल कर्पोरेशन्स (आईओसी)ले इन्धन लोडिङमा पुनः कटौती गरेको छ ।
निगमका निमित नायब कार्यकारी निर्देशक सुशील भट्टराईका अनुसार आईओसीले इन्धन लिन भारत पुगेका ट्याङकरमध्ये अधिकाशलाई इन्धन नदिएको कान्तिपुर दैनिकले छापेको छ ।
‘आईओसीले इन्धन दिन बोलाएको थियो । सोही अनुसार ट्याङ्कर पनि पठाएका थियौं,’ भटराईले भने, ‘तर, प्रयाप्त मात्रामा लोड दिएन । झुक्याउने काम मात्रै भयो ।’
उनका अनुसार बुधबार सिलगुडीमा १७ ट्याङकर इन्धन लिन गएका थिए । सिलगुडीमा ६ ट्याङकरलाई मात्रै लोड दिएको छ ।
बरौनीमा ४० ट्याङकर गएका थिए । ४० मध्ये २१ वटालाई लोड दिइएको छ । बेतालपुर नाकामा ३८ ट्याङ्कर गएका थिए ।
तीमध्ये ७ वटामा मात्रै लोडिङ दिइएको जनाएको छ । गोण्डामा १९ मध्ये १४ लार्इ, मथुरामा १२ मध्ये ७ ले तेल पाएका छन् ।
रक्सौलमा ६३ ट्याङ्कर छन् । ती ट्याङ्करलाई इन्धन लोड दिइएन । ‘बिना जानकारी इन्धनमा कटौती गर्दा हामीलाई समस्या भएको छ ।















प्रतिक्रिया