काठमाडौं, २७ असोज । प्रधानमन्त्री निर्वाचनमा पराजित भएपछि कांग्रेसले मुलुकको पछिल्लो राजनीतिक विषयमा समीक्षा गर्ने भएको छ ।
त्यसका लागि कांग्रेसका पदाधिकारी र प्रभावशाली नेताहरूको बैठक बसेर रणनीति तयार गर्ने बुझिएको छ ।
बैठकले राष्ट्रपति निर्वाचनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा पनि छलफल गर्ने बुझिएको छ । कांग्रेसले राष्ट्रपति निर्वाचनमा आफ्नो पनि दाबी प्रस्तुत गर्ने स्रोतका भनाइ छ ।
प्रधानमन्त्री निर्वाचनमा पराजित भएपछि कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने वा नदिने भन्ने विषयमा आधिकारिक रुपमा केही बताएको छैन ।
एमालेले ठूलो दल कांग्रेसलाई राष्ट्रपति दिएर आफ्नो सरकारलाई सुरक्षित राख्न चाहन्छ । तर एमालेभित्रै केही नेताहरूले राष्ट्रपति आफैले राख्नु पर्ने जनाउँदै आएका छन् ।












प्रतिक्रिया