२२ कार्तिक २०८३, आइतबार

व्यवस्थापिका संसदको बैठक बस्दै, शोक प्रस्ताव पारित हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bicc-Sambidhan-sava-bhawan2काठमाडौं, २७ असोज । व्यवस्थापिका संसदको बैठक आज बस्दैछ । अपरान्ह तीन बजे बस्ने बैठकमा पूर्व सांसद तथा राप्रपा नेपालका महामन्त्री चन्द्रबहादुर गुरुङको निधन भएकोमा शोक प्रस्ताव पारित गर्नेछ ।

उपचारका क्रममा अमेरिकामा निधन भएका पूर्व सांसद गुरुङको मंगलबार पशुपति आर्यघाटमा अन्तिम दाहासंस्कार गरिएको थियो ।

संसद सचिवालयका सहप्रवक्ता सुदर्शन कुइँकेलले संसद बैठकमा शोक प्रस्ताव पारित हुने बताउनुभयो । उहाँले नयाँ सभामुखको निर्वाचन कार्यतालिकाका विषयमा छलफल गरेर कार्यव्यवस्था परामर्श समितिले टुङ्गो लगाउने बताउनुभयो ।

सभामुख सुवासचन्द्र नेम्वाङले अशोज २९ गतेभित्र संसदले नयाँ सभामुख पाउने बताइ सक्नुभएको छ । नेम्वाङले आज आफ्नो पदबाट राजीनामा दिने जनाइएको थियो ।

तर पूर्व सांसद गुरुङको शोक प्रस्ताव परेकाले यस विषयमा छलफल गरेर अगाडि बढ्ने तयारी भएको बुझिएको छ । नेपालको संविधान २०७२ प्रारम्भ भएको दिनदेखि वीस दिनभित्र नयाँ सभामुख चयन गरिसक्नुपर्ने संवैधानिक प्रावधान छ ।