५ कार्तिक २०८३, बिहिबार

रसुवागढी भन्सार खोल्न चीनले छलफलका लागि बोलायो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rasuwagadi Bhansarकाठमाडौं, २७ असोज । चीनको स्वशासित क्षेत्र तिब्बतको केरुङ पुग्ने बाटो खुलेको छ ।

१२ वैशाखको भूकम्पपछि आएको पहिरोले क्षति पुर्‍याएको रसुवागढीबाट करिब २६ किलोमिटर सडक चीनले मर्मतसम्भार गरी सडक सुचारु गरेको नयाँ पत्रिका दैनिकले छापेको छ ।

रसुवागढी भन्सार कार्यालयका प्रमुख केदारप्रसाद पनेरूले बुधबार चिनियाँ पक्षले छलफलका लागि केरुङमा बोलाएको जानकारी दिए ।

‘रसुवागढीबाट केरुङ पुग्ने सडक सुचारु भएको जानकारी दिँदै चिनियाँ पक्षले नाका खुलाउन छलफलका लागि बुधबार बोलाएको छ,’ पनेरूले भने, ‘अध्यागमन कार्यालय, प्रमुख जिल्ला अधिकारीलगायतको टोलीसहित हामी त्यसतर्फ जाँदै छौँ ।’

उनका अनुसार नेपाली व्यापारीले केरुङसम्म ढुवानी गर्न ग्वान्जाउका ढुवानी व्यवसायीलाई आग्रह गरिसकेका छन् ।

दुवैतर्फ भन्सार र अध्यागमन कार्यालय स्थापना भइसकेका छन् । भूकम्पले अवरुद्ध गरेको सडकको पनि पुनर्निर्माण भइसकेको छ ।

रसुवागढी नाका बन्द हुँदा नेपाल र चीनबीचको आयात–निर्यात ठप्प छ ।