काठमाडौं, २७ असोज । सर्वोच्च अदालतले सरोगेट मदरमार्फत बच्चा जन्माउन र कारोबार गर्न रोक लगाएपनि अमेरिका र बेलायतसहित ५ वटा मुलुकले त्यस्ता बच्चा लैजान सरकारलाई दबाब दिएका छन् ।
नेपालस्थित अमेरिका, अष्ट्रेलिया, इजरायल र बेलायती दूतावासका प्रतिनिधिले संयुक्त रुपमा नेपाल सरकारले भाडाका आमाबाट जन्मेका बालबालिका विदेश लैजान एक्जिट भिसा रोकेको भन्दै आपत्ति जनाएको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
सरोगेसीमार्फत जन्मिएका बालबालिका र उनीहरुका आमाबाुले नेपालमा कुनै खालको कानुन उल्लघंन नगरेको दाबीसहित निशर्त सम्बन्धित विदेशी मुलुकमा जान दिइनुपर्ने भनाइ दूतावासहरुको छ।















प्रतिक्रिया