५ कार्तिक २०८३, बिहिबार

प्रधानमन्त्री ओलीले घरजग्गा किने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

KP Oli Ko Janma Gharकाठमाडौं, २७ असोज । बुबा मोहनप्रसाद ओलीले २०२४ सालमा बेचेको तेह्रथुमको इवा गाविसस्थित जन्मघर प्रधानमन्त्री केपी ओलीले आफ्नो नाममा फिर्ता गरेका छन् ।

पुर्ख्यौली घरजग्गा आफ्नो नाममा फिर्ता गर्ने परिवारको इच्छाअनुसार ओलीले जन्मघरसहित ३० रोपनी जग्गा किनेको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

मोहनप्रसादले स्थानीय नन्दलाल तिवारीलाई साढे ११ हजार रुपैयाँमा उक्त घरजग्गा बेचेर झापा बसाइँ सरेका थिए ।