२२ कार्तिक २०८३, आइतबार

आन्दोलन फिर्ता लिने मधेसी मोर्चाको निर्णय एक घण्टामै किन परिवर्तन भयो ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Madeshi Morcha Meeting– विमल योगी
काठमाडौं, २६ असोज । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मधेस आन्दोलनको स्वरुप परिवर्तन नगर्ने निर्णय गरेको छ ।

मंगलबार राजधानीमा बसेको मोर्चाको बैठकले दसैंतिहारमा आन्दोलनको स्वरुप परितर्वन गर्ने निर्णयलाई एक घण्टामै परिवर्तन गरी आम हड्ताल, नाकाबन्दी लगायतका कार्यक्रम यथावत राख्ने निर्णय गरेको हो । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्ना माग पुरा नभएसम्म आन्दोलन कुनै हालतमा फिर्ता बताउनुभयो ।

स्रोतका अनुसार यसअघि मधेसी मोर्चाले दसै तिहारमा केही दिनका लागि आन्दोलनको स्वरुप परिवर्तन गर्ने आन्तरिक निर्णय गरेको थियो । तर, उक्त निर्णय भएको केही समयमै औपचारिक बैठकै राखेर मोर्चाले आन्दोलनको स्वरुप परिवर्तन गरी नाकाबन्दी हटाउने निर्णयलाई परिवर्तन गरेर यथावत राख्ने निर्णय गरेको हो । 

स्रोतका अनुसार यसअघि मधेसी मोर्चा कात्तिक ३ देखि ९ गतेसम्म नाकाबन्दी कार्यक्रम फिर्ता लिने र संशोधन गरी दसैंतिहारपछि फेरि सशक्त आन्दोलन गर्ने निर्णयमा पुगिसकेको थियो । विहानमात्रै केही मधेसी नेताले आन्दोलनको स्वरुप परिवर्तन गर्न लागेको जानकारी दिएका थिए । तर एकाएक शीर्ष नेताहरुले आन्दोलन यथावत राख्ने निर्णय गरेपछि ती नेताहरु पनि आश्चर्यमा परेका छन् ।

मधेसी मोर्चाको उच्च स्रोतका अनुसार दक्षिण (भारत)बाट उच्च नेताहरुको निर्देशन र दबाब आएपछि मोर्चाले आन्दोलनको स्वरुप परिवर्तन गरी नाकाबन्दी हटाउने निर्णयलाई परिवर्तन गरेर यथावत राख्ने निर्णय गरेको हो । जसमा सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको ठूलो हात छ । बैठकमा उपस्थित नभएका महतोले विहान भएको नाकाबन्दी हटाउने निर्णय दक्षिणलाई सुनाएपछि त्यहाँबाट आन्दोलन यथावत राख्न कडा निर्देशन आएको स्रोतको दाबी छ ।

उपेन्द्र यादव, महन्थ ठाकुर र महेन्द्रराय यादवले आन्दोलन स्वरुप परिवर्तन गरी दसैंमा जनतालाई दुःख दिन नखोजेपनि राजेन्द्र महतोलेले भने दसैंतिहारका बेला आन्दोलन झन चर्काउने अडान राखेका छन् ।