५ कार्तिक २०८३, बिहिबार

महरा र रायमाझीले आडो हालेपछि प्रचण्ड अप्ठेरोमा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Maoist leader Prachanda gestures during a rally in Katmandu, Nepal, Friday, May, 30, 2008. Nepal's government formally told the Himalayan nation's deposed monarch Friday to vacate the royal palace within the next two weeks, and a palace official said the king was preparing to move to his palatial private home in Katmandu. (AP Photo/Binod Joshi)काठमाडौं, २६ असोज । एकीकृत माओवादीमा पार्टीको तर्फबाट सरकारको नेतृत्वको विषयलाई लिएर विवाद देखिएको छ । महासचिव कृष्णबहादुर महरा र सचिव टोपबहादुर रायमाझी दुबैले पार्टीको तर्फबाट सरकारको नेतृत्व दाबी गरेपछि विवाद देखिएको हो ।

दुबैले पार्टीको तर्फबाट उपप्रधान तथा गृह मन्त्रालय दाबी गरेका छन् । गठबन्धन सरकारमा एमाओावदीलाई गृहसहित ६ देखि ८ मन्त्रालयसम्म दिने सहमति दुई दलबीच भएको छ । सोही सहमतिका आधारमा निर्णय लिन सोमवार विहान बसेको पदाधिकारी बैठकमा महासचिव महरा र सचिव रायमाझी दुवैले पार्टीको तर्फबाट सरकारको नेतृत्वको दाबी गरेपछि अध्यक्ष प्रचण्ड अप्ठ्यारोमा परेको छ ।

महराले पार्टीमा आफू बरिष्ठ भएको र विगतमा पनि गृह मन्त्रालयको जिम्मेवारी सम्हालिसकेको भन्दै दाबी प्रस्तुत गरेका छन् भने रायमाझीले संसदीय दलको उपनेता आफू भएको र विगतमा गृहमन्त्रालय महराले सम्हालिसकेकोले यसपटक आफूलाई जिम्मेवारी दिनुपर्ने आफ्नो दाबी प्रस्तुत गरेका छन् । राजधानी दैनिकमा खबर छ ।