५ कार्तिक २०८३, बिहिबार

जहाजबाट ल्याउँदा तेल झन सस्तो !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-Airlinesकाठमाडौं, २६ असोज । केही दिनदेखि हवाई जहाजमा तेल ओसारिरहेको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेवानी)लाई नेपाल आयल निगमसँग काठमाडौंमा किन्दा भन्दा भारतको कोलकाताबाट ओसार्दा इन्धन सस्तो पर्ने देखिएको छ ।

निगमका अनुसार आयल निगमसँग हवाई इन्धन किन्दा प्रतिकिलोलिटर करिब एक हजार तीन सय ५० डलर -एक लाख ३० हजार पाँच सय रुपैयाँ पर्छ ।

त्यही इन्धन कोलकातामा प्रतिकिलोलिटर चार सय ७० डलर -४० हजार सात सय रुपैयाँमा पाइन्छ । काठमाडौंबाट कोलकाताको हवाई दुरी ४५ मीनेटमात्र छ । यहाँभन्दा कोलकातामा इन्धनको भाउ साढे तीन गुणा सस्तो रहेको छ । आजको नागरिक दैनिकमा खबर छ ।