५ कार्तिक २०८३, बिहिबार

बधाइ दिँदै चीनले भन्यो, ‘चिन्ता नगर्नुस् हाम्रो सहयोग रहन्छ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Chinese Prime Minister Wen Jiabao addresses a news conference after meeting German Chancellor Merkel in Berlinकाठमाडौं, २६ असोज । चिनियाँ प्रधानमन्त्री ली खछ्याङले केपी ओली प्रधानमन्त्री नियुक्त भएकामा हृदयदेखि बधाई दिँदै कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका छन् ।

नेपाल र चीन निकै निकट सम्बन्ध रहेको मित्र मुलुक भएको उल्लेख गर्दै उनले नेपालको विकास र समृद्धिमा चीनको साथ र सहयोग रहने बताएका छन् ।

नेपाल चीन सम्बन्ध एकअर्कामा धेरै परीक्षण भएर यहाँसम्म आएको अटुट मित्रता हो, जुन निकै बलियो छ, प्रधानमन्त्री लीले शुभकामना दिँदै भनेका छन्, नयाँ प्रधानमन्त्रीको नेतृत्वमा यसअघिका साथ र सहयोग सबै कायम रहनेछन् ।

नयाँ सरकारले नेपालको दिगो विकास र आर्थिक उन्नतीमा नयाँ उपलब्धी हासिन गर्न सकोस् । चीनले नेपालको शान्ति, स्थायित्व र विकासका लागि आफ्नो क्षमताअनुसारको सहयोग गरिरहने कान्तिपुर दैनिकले छापेको छ ।

दुई पक्षीय सम्बन्धलाई उचाइमा लैजाने र नयाँ सरकारसँग सम्बन्ध थप मजबुत बनाएर अघि बढ्ने कुरालाई सन्देशमा जोड दिइएको छ ।