५ कार्तिक २०८३, बिहिबार

बिमानबाट ल्याउँदा तेलको मूल्य तीन गुणा सस्तो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Indian Oil Corporatationकाठमाडौं, २६ असोज । केही दिनदेखि हवाइ जहाजमा तेल ओसारिरहेको वायु सेवा निगमलाई नेपाल आयल निगमसँग काठमाडौंमा किन्दाभन्दा भारतको कोलकाताबाट ओसार्दा सस्तो पर्ने देखिएको छ ।

निगमका अनुसार आयल निगमसँग हवाइ इन्धन किन्दा प्रतिकिलोलिटर करिब १ हजार ३ सय ५० डलर पर्ने गरेको समाचार कान्तिपुर दैनिकले छापेको छ ।

कोलकाताबाट त्यही इन्धन प्रतिकिलोलिटर ५ सय ७० डलरमा पाइन्छ ।

काठमाडौ र कोलकाताको दुरी ४५ मिनेटको छ । यहाँभन्दा कोलकातामा इन्धनको भाउ साढे ३ गुणा सस्तो पर्छ ।