२२ कार्तिक २०८३, आइतबार

सभामुख नेम्वाङले राजीनामा दिने, राष्ट्रपतिको निर्वाचन दसैँपछि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rambaran Yadav & Subash Nembangकाठमाडौं, २५ असोज । सभामुख सुवासचन्द्र नेम्वाङले आफ्नो पदबाट राजीनामा दिने तयारी गर्नुभएको छ । नेपालको संविधान २०७२ जारी गरेपछि वीस दिनभित्र नयाँ सभामुख ल्याउने संवैधानिक व्यवस्था छ ।

सोही संवैधानिक व्यवस्थाअनुसार सभामुख नेम्वाङले असोज २७ गतेभित्र आफ्नो पदबाट राजीनामा दिने तयारी गरेको उच्च स्रोतले जनाएको छ । नेम्वाङले राजीनामा उपसभामुख समक्ष दिने संवैधानिक व्यवस्था छ ।

स्रोतको दाबीअनुसार नेम्वाङले राजीनामा दिएपछि असोज २९ गतेभित्र नयाँ सभामुखको चयन गरिनेछ । स्रोतका अनुसार नयाँ सभामुखको निर्वाचनका लागि असोज २७ गतेको संसद बैठकले कार्यक्रम तयार गर्नेछ ।

संविधानको संक्रमणकालीलन व्यवस्थामा राष्ट्रपति, प्रधानमन्त्री र सभामुखको राजीनामा बारेमा कुनै उल्लेख नभए पनि सभामुखले राजीनामा दिने तयारी गर्नुभएको हो ।

निर्वातमान प्रधानमन्त्री सुशील कोइरालाले संविधान जारी भएको भोलिपल्टै प्रधानमन्त्री पद त्यग गर्ने सार्वजनिक प्रतिवद्धता व्यक्त गरे पनि प्रधानमन्त्रीको निर्वाचन सुरु हुनु केही घण्टा अगाडि मात्रै राजीनामा दिए पनि सभामुखले भने त्यो नजिर नपछ्याउने स्रोतको दाबी छ ।

कुनै पनि गलत कार्य नजिर हुन सक्दैन भन्ने कानुनका ज्ञातासमेत रहेका नेम्वाङले आफू निकटका सहयोगीहरूसँग व्यक्त गर्दै आएका छन् ।

त्यसै गरी संवैधानिक व्यवस्थाअनुसार नयाँ राष्ट्रपति तीस दिनभित्र निर्वाचित गर्नुपर्ने व्यवस्था छ । राष्ट्रपतिको निर्वाचन पनि दसैँ लगत्तै बस्ने पहिलो संसदको बैठकले राष्ट्रपति चयन गर्ने स्रोतको भनाइ छ ।

राष्ट्रपति डा.रामवरण यादवले पनि छिट्टै राजीनामा दिने स्रोतको दाबी छ । डा.यादवले आफ्नो राजीनामा उपराष्ट्रपति समक्ष दिनुपर्ने हुन्छ ।

उता, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखमा सत्तारुढ दलहरू एमाले, एमाओवादी, फोरम लोकतान्त्रिक र राप्रपा नेपालले भागबण्डा गरेर लिनेछन् ।

स्रोतको दाबीअनुसार सभामुखमा नेम्वाङलाई नै निरन्तरता दिने तयारी भएको छ । राष्ट्रपतिमा भने एमाओवादीले दाबी गरेको छ ।