२२ कार्तिक २०८३, आइतबार

प्रधानमन्त्रीबाट सहिदप्रति श्रद्धाञ्जलि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-oliकाठमाडौँ, २५ असोज । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज लैनचौरस्थित सहिद स्मारक र टुँडिखेलस्थित सहिदगेट पुगी अमर सहिद र प्रजातान्त्रिक आन्दोलनका ज्ञात÷अज्ञात सहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।

शपथग्रहण गरेपछि प्रधानमन्त्री ओलीले सहिदको सम्मानका लागि ती स्थान पुग्नुभएको थियो । सो अवसरमा सेनाको एक टुकडीले सैनिक गारद अर्पण गरेको थियो ।

प्रधानमन्त्रीका साथ उपप्रधानमन्त्रीद्वय विजयकुमार गच्छदार र कमल थापा पनि पुग्नुभएको थियो । रासस