२२ कार्तिक २०८३, आइतबार

प्रधानमन्त्री ओलीसँगै को-को बने मन्त्री ? यस्तो छ आठ सदस्यीय नयाँ मन्त्रिपरिषद्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

KP Oli New pm-2काठमाडौं, २५ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको शपथ लिनुभएको छ । सोमबार दिउँसो राष्ट्रपति निवास शीतल निवासमा विशेष समारोहका बीच राष्ट्रपति रामवरण यादवबाट ओलीले सपथ लिनुभएको हो ।

प्रधानमन्त्रीको सपथ कार्यक्रममा उप प्रधानमन्त्रीद्धय कमल थापा र विजय गच्छदारले पनि पद तथा गोपनियताको सपथ लिनुभएको छ । उहाँहरुलाई प्रधानमन्त्री ओलीको उपस्थितीमा राष्ट्रपति यादवले सपथ ग्रहण गराउनुभयो ।

यस्तै, नयाँ मन्त्रिमण्डलमा सत्ता साझेदार दलबाट केही मन्त्रीहरुले समेत सपथ लिनुभएको छ । एमालेबाट सोम पाण्डे, अग्नी खरेल, सत्यनारायण मण्डललाई प्रधानमन्त्री ओलीले सपथ खुवाउनुभयो ।

त्यस्तै, एमाओवादीबाट हरिबोल गजुरेल र राप्रपा नेपालबाट राम कुमार सुब्बाले मन्त्री पदमा सपथ लिनुभयो ।

समारोहमा उपराष्ट्रपति परमानन्द झा, निवर्तमान प्रधानमन्त्री सुशील कोइराला, सभामुख सुवासचन्द्र नेम्बाङ, कामु प्रधानन्यायाधीश गिरिशचन्द्र लाल, पूर्व प्रधानमन्त्रीहरु, संवैधानिक अङ्गका प्रमुखहरु, मुख्यसचिव, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु, सभासद्हरु, तीनै सुरक्षा निकायका प्रमुखहरु, नेपाल सरकारका उच्च अधिकृतहरु सहभागी हुनुहुन्थ्यो ।