काठमाडौं, २५ असोज । नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीको नयाँ मन्त्रिपरिषदका लागि राप्रपा नेपालले आफ्ना मन्त्री छानेको छ ।
आज विहान बसेको राप्रपा नेपालको बैठकले नयाँ सरकारमा सहभागी हुने मन्त्री छानेको हो । जसअनुसार राप्रपा नेपालका दुई मन्त्रीले आज प्रधानमन्त्री ओलीसँगै सपथ लिने भएका छन् ।
नयाँ सरकारमा राप्रपाका तर्फबाट पार्टी अध्यक्ष कमल थापाको नेतृत्वमा दुई मन्त्री सहभागी हुने निर्णय भएको सहप्रवक्त मोहन श्रेष्ठले जानकारी दिनुभयो । जस अनुसार राप्रपा नेपालका अध्यक्ष कमल थापाले उपप्रधान तथा परराष्ट्रमन्त्री र संसदीय दलका उपनेता रामकुमार सुब्बाले विना विभागीय मन्त्रीका रुपमा सपथ लिने कार्यक्रम तय भएको छ ।
आफ्नो भागमा परेका तीन मन्त्रालयका लागि थप एक मन्त्री पछि छनोट गरिने सहप्रवक्ता श्रेष्ठले बताउनुभयो ।












प्रतिक्रिया