२२ कार्तिक २०८३, आइतबार

एमालेबाट अर्थमन्त्रीमा विष्णु पौडेल, आजै शपथ लिने

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bishnu-paudelकाठमाडौं, २५ असोज । नेकपा एमालेका तर्फबाट अर्थमन्त्रीमा उपमहासचिव विष्णू पौडेल छानिनुभएको छ ।

पौडेलले आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग मन्त्री पदको सपथग्रहण गर्नुहुने भएको छ । यसअघि एमालेबाट अर्थमन्त्रीमा सुरेन्द्र पाण्डेको नाम पनि चर्चामा थियो । पाण्डे सफल अर्थमन्त्री मानिन्छन् ।

यता उपहासचिव पौडेलले ओलीलाई प्रधानमन्त्री बनाउनमा महत्वपूर्ण भूमिका खेलेका थिए । स्याङजामा जन्मेर लुम्बिनीमा कार्यक्षेत्र बनाएका पौडेलले यसअघि रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालिसकेका छन् । अर्थ मन्त्रालयको जिम्मेवारी भने नयाँ हो ।

अन्य केही मन्त्रीहरुको पनि टुङ्गो लागेर आजै सपथ लिने तयारी भइरहेको एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।