५ कार्तिक २०८३, बिहिबार

आन्दोलनको मैदान छाडेर मधेसवादी अन्ततः संवैधानिक प्रक्रियामा फर्किए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Madeshi Morcha Meetingकाठमाडौं । संविधान निर्माणको अन्तिम घडीमा बाहिरिएका मधेसी दलहरु प्रधानमन्त्री चुनावको माहोलमा भने मज्जैले मिसिएको छन् ।

अन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा झन्डै दुई महिनापछि संसदीय अभ्यासमा फर्किएको हो । विजयकुमार गच्छदार नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चालाई आइतबार बिहानको आठबुदे सहमतिले ‘छिन्नभिन्न’ बनाइदिएको हो । उनका सहयात्री रामसपा र फोरम गणतान्त्रिकले भने कोइरालालाई नै सघाए ।   भन्नलाई त नेताहरु आफ्नो आन्दोलन जारी नै रहेको दाबी गर्छन् ।

तर एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा मत खसालेर बाहिरिदै गरेका फोरम लोकतान्त्रिक महासचिव रामजनम चौधरीले ठटयौलो टिप्पणी गरे, ‘हाम्रो आन्दोलन अब हाम्रै सरकारविरुद्ध जारी छ । अब आफैं आन्दोलन गर्छौं, अनि आफैंसँग संवाद र सम्झौता गर्छौं ।’   संघीय प्रदेशको सीमांकन पुनरावलोकन नहुदासम्म जारी प्रक्रिया नस्वीकार्ने निरन्तर अडानमा रहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा अकस्मात् संसद फर्कनुलाई कतिपयले सुखद आश्चर्यका रुपमा अथ्र्याए ।

उनीहरुको आकलन छ– कदाचित् कांग्रेस, एमाले र एमाओवादीबीच जेठ २५ को भद्र सहमतिका आधारमा सहजै सत्ता हस्तान्तरण ओलीलाई हुदो हो त, मधेसी मोर्चाको सुखद प्रत्यागमन सम्भव नै हुनेथिएन । आइतबार चुनाव भयो, त्यसैले मधेसीलगायत साना दलहरुले आफ्नो हैसियत देखाउने मौका पाए ।  यद्यपी अहिले पनि आफूहरु संविधानलाई स्वीकार गने अवस्थामा नपुगेको उनीहरुको जिकिर छ । माग सम्बोधनका लागि संविधान संसोधन गर्नुपर्ने उनीहरुको माग छ । कान्तिपुर दैनिकमा खबर छ ।