२२ कार्तिक २०८३, आइतबार

एमाओवादीबाट हरिबोल गजुरेलले प्रधानमन्त्री ओलीसँगै कृषिमन्त्रीको सपथ लिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Haribol-Gajurelकाठमाडौं, २५ असोज । एकीकृत नेकपा माओवादीबाट हरिबोल गजुरेलले प्रधानमन्त्री केपी शर्मा ओलीसँगै सथप लिनुहुने भएको छ ।

आज विहान बसेको एमाओवादी पदाधिकारी बैठकले कोषाध्यक्ष गजुरेललाई सरकारमा पठाउने निर्णय गरेसँगै उहाँले प्रधानमन्त्री ओलीसँगै कृषिमन्त्रीको सपथ लिनुहुने भएको हो । यद्यपी उहाँले सरकारमा एमाओवादीको नेतृत्व गर्ने छैनन् । नेतृत्वको टुङ्गो लाग्न बाँकी छ ।

बाँकी मन्त्रीहरुका विषयमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीलाई भेटेर छलफलपछि टुंगो लगाउने तयारी भइरहेको एमाओवादी प्रवक्ता दीनानाथ शर्माले जानकारी दिनुभयो ।