काठमाडौं, २५ असोज । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ मंगलबार चीन जानुहुने भएको छ ।
चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागको आयोजनामा हुने सिल्क रोड सम्वन्धी एसियाली राजनीतिक दलहरुको सम्मेलनमा भाग लिन श्रेष्ठ मंगलबार दिउँसो चीन जान लाग्नुभएको एमाओवादीका प्रवक्ता दिनानाथ शर्माले जानकारी दिनुभयो ।
यसअघि एमाओवादी अध्यक्ष प्रचण्ड जाने कार्यक्रम भएपनि सरकार गठन लगायतमा व्यस्त भएपछि पदाधिकारी बैठकले श्रेष्ठलाई पठाउने निर्णय गरेको हो । प्रवक्ता शर्माले भन्नुभयो– देश जटिल अवस्थालाई मध्यनजर गर्दै अध्यक्ष प्रचण्डको चीन भ्रमण स्थगित भएको छ । हामीले उपाध्यक्ष श्रेष्ठलाई पठाउने निर्णय गरेका छौं ।’












प्रतिक्रिया