२२ कार्तिक २०८३, आइतबार

मन्त्रीको नाम चयन गर्न एमालेको स्थायी समिति बस्दै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

KP Oli New pm-1काठमाडौं, २५ असोज । सानो आकारको मन्त्रिमण्डल विस्तारका विषयमा छलफल गर्न सत्तारुढ दल नेकपा (एमाले)को स्थायी समितिको बैठक बस्दैछ ।

अहिले केही समयपछि काठमाडौंमा बस्ने बैठकमा पार्टीबाट सहभागी हुने मन्त्रीहरूका विषयमा छलफल हुनेछ ।

स्रोतका अनुसार अहिलेसम्म मन्त्री बन्नेहरूमा उपाध्यक्ष भीम रावल र उपमहासचिव विष्णु पौडेल रहनुभएको छ ।

उहाँहरूलाई विनाविभागीय मन्त्रीका रुपमा शपथ दिलाउने बुझिएको छ ।

त्यसै गरी अन्य गठबन्धनका दलहरूसँग पदबाँडफाँटका विषयमा कसरी अगाडि जानेबारेमा पनि छलफल हुनेछ ।