२२ कार्तिक २०८३, आइतबार

प्रधानमन्त्रीमा निर्वाचित ओलीलाई भारतीय प्रधानमन्त्री मोदीको फोन, के-के भने ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

narendra-modiकाठमाडौं, २४ असोज । नेपालको ३८ औं प्रधानमन्त्रीमा निर्वाचित भएसँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई छिमेकी देशका प्रमुखले फोन गरेका छन् ।

प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फोन गरेका छन् । मोदीले फोनबाट नेपालको प्रधानमन्त्री निर्वाचित भएकोमा ओलीलाई बधाई दिए ।

एमाले सचिव प्रदीप ज्ञवालीले मोदीले टेलिफोन गरेर ओलीलाई बधाई दिएको बताए । फोन वार्तामा मोदीले अब दुई देशको सम्बन्ध सुधार गरी अगाडि बढ्नुपर्ने बताएको सचिव ज्ञवालीले जानकारी दिए ।

यसैबीच चिनियाँ राजदूत ऊ चुन्ताईले एमाले केन्द्रीय कार्यालय धुम्बाराही पुगेर ओलीलाई बधाई दिएका छन् ।